२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

आजदेखि काठमाडौं–दुबई रुटमा उडान

Nada
२०८२ फागुन २७ गते ०६:२०
Shares
आजदेखि काठमाडौं–दुबई रुटमा उडान

काठमाडौं : इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि प्रभावित नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा उडान गर्ने भएको छ । निगमले २८ फेब्रुअरीयता उडान गर्न सकेको थिएन ।

ncell

निगमले बुधबार युएईका लागि उडान भर्ने निगमले जनाएको छ । २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न नपाएका यात्रुले बुधबार यात्रा गर्ने छन् ।

युएईका लागि फ्लाई दुबई र हिमालय एयरलाइन्सले पनि  नियमित उडान सुरु गर्ने भएका छन् । कतार विमानस्थलमै आक्रमण भएका कारण कतार एयरवेजले भने मंगलबारसम्म नेपाल नियमित उडान सुरु गर्न सकेको छैन ।

नेपाल नसमेटिएको भएपनि कतार एयरलाइन्सले काइरो, लन्डन हिथ्रो, जेद्दा, मनिला, मस्कट, इस्तानबुल, मुम्बई, दिल्ली, नैरोबी, इस्लामाबाद, म्याड्रिड, फ्रांकफर्ट, कोलम्बो, मिलान, मस्को, टोरन्टो, डलास,फोर्ट वर्थ, पेरिस, म्याड्रिड, रोम, दिल्ली, जेद्दा, मस्कट, हङकङ, सियोल, बैंकक, क्वालालम्पुर र मेलबर्नमा उडान सुरुवात गरेको बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर