२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ग्रिस पठाउने भन्दै ठग्ने पक्राउ

shivam cement
२०८२ फागुन २९ गते ०६:२५
Shares
ग्रिस पठाउने भन्दै ठग्ने पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ग्रिस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट २५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यता क्रोएसियामा सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु भएको छ । रोजगारीका लागि बोस्निया गएका झापा मेचीनगर–१२ नयाँ बस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिकाका २७ वर्षीय भुवन विकको घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए ।

सम्बन्धित खबर