२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यार्थीलाई दिवा खाजामा ‘जंक फुड’

ADV
ओबराज शाही
२०८१ जेठ २५ गते २०:०९
विद्यार्थीलाई दिवा खाजामा ‘जंक फुड’

हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामा सञ्चालन हुँदै आएको अधिकांश बाल विकासका विद्यार्थीलाई दिवा खाजामा जंक फुड खुवाउने गरेको पाइएको छ । 

सरकारले दिवा खाजा बापत हिमाली जिल्लाका लागि २० रुपैयाँ दिँदै आएको छ । बजारको प्याकिङ गरेको दिवा खाजा नदिन आग्रह गर्दा पनि खार्पुनाथ गाउँपालिका वडा  १ मालिका माध्यमिक विद्यालय र वडा ३ हुम्ला माध्यमिक विद्यालयका कक्षा ५ देखि इसिडिका बालबालिकालाई दिवा खाजामा चाउचाउ र बिस्कुट दिँदै आएका छन्  ।   

दुई वटा विद्यालयमा १ सय ८५ को हाराहारी विद्यार्थी छन् । सबैले दिवाखाजा चाउचाउ र बिस्कुट खादै आएका छन् । दिवा खाजा गाउँ घरमा उत्पादन भएको अर्गानिक खुवाउनुपर्ने भएपनि बजारमा सजिलै पाउने बालबालिकालाई हानी गर्ने जंकफुड खुवाउने गरिएको छ । 

जंक फुडले बालबालिकालाई असर गर्ने भएपनि शिक्षकहरुले बेवास्ता गर्दै उक्त खाजा खुवाउँदै आएका स्थानीयले गुनासो गरेका छन् । यस विषयमा विद्यालयका शिक्षकसँग बुझ्दा यस विषयमा थाहा नै नभएको जसरी जवाफ दिए । 

यता गाउँपालका शिक्षा शाखा ललितजंग शाहीले गाउँपालिकाका अधिकांश विद्यालयका बालबालिकालाई खुवाउने दिवा खाजा चाउचाउ पहिलो रोग भएको बताए । 

उनले यस विषयमा पटक–पटक विद्यालयमा अनुगमन गरेर भन्दा पनि नमानेको बताए । 

चाउचाउ नखुवाउनु, गाउँ घरतिर उत्पादन भएको अर्गानिक खाजा दिनु भन्दा पनि नमानेकाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकसँग कुरा राख्ने बताए । 

यस्तो खाजा दिँदा बालबालिका बिरामी हुने हुँदा यसमा सचेत राख्न लगाउने र अबका दिनलाई सुधार गर्ने गाउँपालिकाका शिक्षा शाखा स्रोतले जनाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise