२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कमला ह्यारिस डेमोक्रेटिकको औपचारिक उम्मेदवार चयन

ADV
मध्यान्ह
२०८१ साउन १९ गते १०:५६
कमला ह्यारिस डेमोक्रेटिकको औपचारिक उम्मेदवार चयन

वासिङ्टन : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् ।

ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताइन् ।  प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् ।

यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् । राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।

शुक्रबार दिउँसो २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि ह्यारिस औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise