२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

आजदेखि इद–उल–फित्र सुरु

shivam cement
२०८२ चैत ६ गते ०६:२०
Shares
आजदेखि इद–उल–फित्र सुरु

काठमाडौं : युद्धको चपेटामा परेका खाडी मुलुकमा आज अर्थात् शुक्रबारदेखि एक महिने उपवासको पर्व इद–उल–फित्र सुरु हुँदैछ । चन्द्र दर्शन समितिले शव्वालको चन्द्रमा नदेखिएको पुष्टि गरेपछि रमजान महिनालाई ३० दिनमा पूरा गर्दै शुक्रबारलाई इदको पहिलो दिनका रूपमा निर्धारण गरिएको बताएको छ ।

खाडी मुलुकका सरकारहरूले मार्च २० देखि २६ सम्म एक हप्ता लामो सरकारी बिदा घोषणा गरेका छन् । आगामी मार्च २९ तारिखदेखि मात्रै सरकारी कार्यालय सञ्चालन हुने बताइएको छ । इदका अवसरमा कतिपयले आप्रवासी कामदारको कार्यअवधि घटाएको बताएका छन् । 

इदको अवसरमा मुस्लिम समुदायले जकात–उल–फित्र अर्पण गर्ने, पारिवारिक भेटघाट गर्ने तथा आपसी शुभकामना आदानप्रदान गर्ने गर्दछन् । 

अमेरिका–इरान युद्ध र इरानको आक्रमणका कारण बढेको असुरक्षाले यस वर्ष इद नमाज खुला मैदान अर्थात् इदगाहमा आयोजना नगरी मस्जिदहरूभित्र मात्र अदा गर्न भनिएको छ । त्यस्तै तोकिएका मस्जिदहरूमा मात्र उपस्थित भई आधिकारिक निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सम्बन्धित खबर