२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै अमेरिका

shivam cement
मध्यान्ह
२०८१ साउन १९ गते १४:०३
मध्यपूर्वमा सैन्य उपस्थिति बढाउदै अमेरिका

तेल अवीव : यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ ।

“रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको  ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिनुभएको छ” पेन्टागनकी उप–प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तीमार्फत बताइन् ।
 
अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरु मध्यपूर्व र भूमध्यसागरमा पठाउने सिएनएनले जनाएको छ ।

विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाएको छैन् । तर अप्रिलमा पूर्वी भूमध्यसागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो ।  “अस्टिनले यस क्षेत्रमा लडाकु मिसाइल पनि तैनाथ गर्न आदेश दिनुभएको छ”, सिंहले भनिन् । 

अमेरिकाले पहिले नै यस क्षेत्रमा ‘यूएसएस वास्प एम्फिबियस’ नामक सैन्य जहाज तैनाथ गरेको छ जुन आवश्यकता भएमा आदेशअनुसार  लेबनानमा रहेका अमेरिकी नागरिकहरूको उद्दार गर्न सक्षम छ । 

इरानले तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने वाचा गरेसँगैे मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो । इजरायलले भने हानियाको हत्याको बारेमा कुनै टिप्पणी व्यक्त गरेको छैन । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise