२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

खाडी तथा मध्यपूर्वका नेपालीको रोजगारी गुम्दै 

shivam cement
२०८२ चैत ९ गते ०८:५०
Shares
खाडी तथा मध्यपूर्वका नेपालीको रोजगारी गुम्दै 

काठमाडौं : अमेरिका–इजरायल र इरान युद्धले दीर्घकालीन नकारात्मक परिणाम निम्त्याउने खतरा बढेको छ । त्यस क्षेत्रमा बढ्दो द्वन्द्वले ठुलो संख्यामा रहेका नेपालीको रोजगारी गुम्ने जोखिम बढेको हो । 

इरानविरुद्ध अमेरिका–इजरायल युद्ध सुरु भएको आइतबार चौथो हप्तामा प्रवेश गरेको छ । पछिल्लो समय इरानले लामो दूरीका क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमण जारी राखेका कारण अवस्था गम्भीर बन्दै गएको छ । 

गैरआवासीय नेपाली संघ एनआरएनएका मध्यपूर्व संयोजक रमेश श्रेष्ठले खाडी तथा मध्यपूर्वका कतिपय देशले नेपाली कामदारलाई बेतलबी बिदामा राख्न सुरु गरिसकेको बताएका छन् ।

युद्ध अन्त्य नहुने खतरा देखिएपछि युएई र कतारजस्ता देशहरूमा पर्यटक आउन छाडेका छन् । संयोजक श्रेष्ठका अनुसार नेपालीहरूले काम गर्ने कैयौं कार्यालय बन्द हुने अवस्थामा छन् । उनीहरूको उद्धार नेपाल सरकारका लागि चुनौतीपूर्ण छ ।

अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि एयरलाइन्सले ५३अर्ब डलरभन्दा बढीको मूल्य गुमाएको बताएका छन् । विश्वका २० ठुला सार्वजनिक रूपमा सूचीबद्ध एयरलाइन्सले लगभग ५३ अर्ब डलरको मूल्य गुमाएको फाइनान्सियल टाइम्सले  उल्लेख गरेको छ । युद्धपछि धेरै एयरलाइन्स मध्यपूर्वी देशहरूमा व्यावसायिक सञ्चालन बन्द गर्न बाध्य भएका छन् । \

युद्ध चौथो हप्तामा प्रवेश गर्दै गर्दा एयरलाइन्सका कार्यकारीहरूले सम्भावित इन्धन अभावको चेतावनी दिइरहेका छन् । इन्धनमा भएको मूल्य वृद्विले टिकटमा दोब्बरले वृद्धि हुने सम्भावना बढाएको छ । 

यस अवधिमा इरानमा १ हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तीमध्ये २०४ जनाभन्दा बढी बालबालिका छन् । विश्वव्यापी ढुवानी र ऊर्जा पूर्वाधार जोखिममा पारेको छ ।

 

 

सम्बन्धित खबर