२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

तेल अविवमा लगातार मिसाइल आक्रमण 

shivam cement
२०८२ चैत ९ गते ०८:५५
Shares
तेल अविवमा लगातार मिसाइल आक्रमण 

काठमाडौं : इजरायलमा इरानबाट क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अत्यन्तै त्रास बढेको त्यहाँ कार्यरत  नेपालीहरूले बताएका छन् । इरानले ४ हजार किलोमिटरसम्म प्रहार गर्ने क्षेप्यात्र हानेपछि नेपालीहरू  त्रसित देखिएका छन् । 

एनआरएनए आइसिसी सदस्य अलि महम्मद मियाँले दक्षिणी सहर अराद, उत्तरी क्षेत्र दिमोना तथा राजधानी क्षेत्र तेल अविवमा लगातार मिसाइल आक्रमण भएको बताए । इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली पहिलेको तुलनामा कमजोर देखिएको विश्लेषण गरिएको उनले बताएका छन् ।

आइतबार बिहान मात्रै पनि  तेल अविव क्षेत्रमा पटक–पटक आक्रमण भएको थियो । वृद्ध तथा अशक्त व्यक्तिको हेरचाह गर्ने काममा रहेका नेपालीहरूलाई साइरन बजेपछि आफ्नो जिम्मामा रहेका व्यक्तिलाई लिएर सेल्टरमा जान समस्या हुने गरेको छ ।

इजरायलमा साइरन बज्नुअघि करिब १० मिनेटअघि चेतावनी सन्देश आउने र त्यसपछि एक मिनेटभित्र नजिकको बंकरमा पुग्नुपर्ने व्यवस्था रहेको छ । लगातार क्षेप्यास्त्र आइरहे पनि हालसम्म नेपालीहरू सुरक्षित रहेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले समस्यामा परेका नेपालीहरूलाई सम्पर्कमा रहन आग्रह गरेको छ । यता कुवेतको हवाई क्षेत्र बन्द भएपछि कुवेतस्थित नेपाली राजदूतावासले ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबिया पठाएको छ ।

कुवेतस्थित नेपाली राजदूतावासले युद्धका उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी पठाएको बताएको  छ । 

यसअघि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियादस्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थलमार्ग हुँदै साउदी पठाइएको  थियो । कुवेत र कतारको हवाई सेवा बन्द भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई  स्थलमार्गबाट साउदी पु¥याएर हवाईमार्गबाट गन्तव्यमा पठाउने गरिएको छ । अलपत्र नेपालीले अनलाइनमार्फत साउदी अरबमा  भिसा आवेदन गरी भिसा प्राप्त गरेपछि दूतावासको सहजीकरणमा उनीहरूलाई साउदी पठाउने गरिएको छ ।

सम्बन्धित खबर