२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

बागमती किनारमा एक पुरुष मृत फेला

shivam cement
मध्यान्ह
२०८१ साउन २० गते ११:३३
बागमती किनारमा एक पुरुष मृत फेला

काठमाडौँ : ललितपुरको कुपण्डोलस्थित बागमती नदि किनारमा एक पुरुष मृत फेला परेका छन् । ललितपुर महानगरपालिका वडा नम्बर–१ स्थित वडा कार्यालय नजिकै बागमती किनारमा पुरुषको शव भेटिएको हो । 

अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise