काठमाडौं÷मस– राष्ट्रपति विद्यादेवी भण्डारीले बहराइनका लागि नेपाली राजदूतमा तीर्थराज वाग्लेलाई नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यस्तै, राष्ट्रपति भण्डारीले अमेरिकाका लागि आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खत्रीलाई मेक्सिकोका लागि गैरआवासीय राजदूत नियक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies