बर्दियाः बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ ।
विहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो ।
उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिए।
गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताए। शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies