२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

साउदीमा ५० नेपाली कामदार अलपत्र

Nada
२०८२ चैत २४ गते ०६:२०
Shares
साउदीमा ५० नेपाली कामदार अलपत्र

काठमाडौं : साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका ५० बढी नेपाली कामदहरूले आफूहरू बिचल्लीमा परेको बताएका छन् ।

ncell

गौशालास्थित नेपाल लाइफ रिक्रुटमेन्ट प्रा.लि.सहित विभिन्न म्यानपावर कम्पनीबाट दुई वर्ष अगाडि साउदी पुगेका उनीहरूले विगत लामो समयदेखि कम्पनीले तलब मात्रै नभई खान बस्न समेत नदिएको भन्दै उद्धारको माग गरेका छन् ।

कन्स्ट्रक्सनको कामका लागि दुई वर्षे श्रम सम्झौतामा गएका उनीहरू समस्यामा पर्दासमेत म्यानपावर कम्पनीले उद्धारमा चासो नदिएको गुनासो गरेका छन् ।

अलपत्र कामदारको उद्धारसम्बन्धमा प्रतिक्रिया लिने मध्यान्ह दैनिकको पटकपटकको प्रयास म्यानपावर सञ्चालक सागर गिरीले टेलिफोन रिसिभ नगरेका कारण सफल हुन सकेन ।

सम्बन्धित खबर