
काठमाडौं : राष्ट्रिय सभाका सदस्यहरूले मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकमाथि हुनसक्ने जोखिम मूल्यांकन गर्दै तत्काल उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको बुधबारको बैठकको विशेष समयमा उनीहरूले उक्त ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सरकारले पश्चिम एसियाको द्वन्द्वपछि कामको खोजीमा खाडी मुलुकमा गएका नेपालीले सुरक्षित रूपमा स्वदेश फर्किने अवस्था बनाउनुपर्ने माग गरे ।
कांग्रेसका सांसद खम्मबहादुर खातीले मध्यपूर्वी क्षेत्रमा विकसित तनावका कारण प्रत्येक नेपाली प्रभावित हुँदै गइरहेकाले तत्काल राहतका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।