२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

साउदीमा श्रम र सीमा कानुन उल्लंघनविरुद्ध कडा अनुगमन

Nada
अन्जान गुभाजु
२०८२ चैत २९ गते १४:०३
Shares
साउदीमा श्रम र सीमा कानुन उल्लंघनविरुद्ध कडा अनुगमन

रियाल, साउदी अरेबिया : साउदी अरबियाले अवैध गतिविधिविरुद्ध कडा अभियान सञ्चालन गरेको छ ।

ncell

साउदीको आन्तरिक मामिला सम्बन्धित मन्त्रालयले देशभर सञ्चालन गरेको पछिल्लो एक साताको संयुक्त अनुगमन अभियानमा अवैध बसोबास, श्रम तथा सीमा सुरक्षासम्बन्धी कानुन उल्लंघनका १५ हजार ४५८ घटना फेला परेकाे बताएको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा अवैध बसोबास (इकामा)सम्बन्धी ८ हजार ४४० वटा, सीमा सुरक्षासम्बन्धी ४ हजार ५४ वटा र श्रम कानुन उल्लंघनका घटना २ हजार ९६४ वटा भेटिएका छन् । त्यसैगरी १ हजार ६ सय जना अवैध रूपमा साउदी अरब प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेका छन् भने ४७ जना अवैध रूपमा देश छोड्ने प्रयासका क्रममा नियन्त्रणमा लिइएका छन् । साथै, उल्लंघनकर्तालाई ओसारपसार गर्ने, आश्रय दिने वा रोजगारी उपलब्ध गराउने आरोपमा ३० जना पक्राउ परेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले अवैध प्रवेश, ओसारपसार वा आश्रय दिनेजस्ता गतिविधिमा संलग्न हुने व्यक्तिलाई अधिकतम १५ वर्षसम्म कैद, १० लाख साउदी रियालसम्म जरिवाना तथा प्रयोग भएका सवारीसाधन वा सम्पत्ति जफत हुने चेतावनी दिएको छ । मन्त्रालयले देशभर कानुन कार्यान्वयनलाई अझ कडाइका साथ निरन्तर अघि बढाइने पनि स्पष्ट पारेको छ ।

ताजा खबर

सम्बन्धित खबर