२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

म्यानपावर कार्यालयहरूमा हजारौं भिसा खेर जाँदै

Nada
२०८३ वैशाख १ गते ०६:३५
Shares
म्यानपावर कार्यालयहरूमा हजारौं भिसा खेर जाँदै

काठमाडौं : श्रम स्वीकृति रोकिँदा एक महिनाको अवधिमा ३५ देखि ३८ हजार कामदार समस्यामा परेको अनुमान गरिएको छ ।

ncell

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष २०८१ चैत महिनामा म्यानपावर कम्पनी अर्थात् संस्थागत श्रम स्वीकृतिमा गएकाको संख्या ३३ हजार ३ सय ६९ रहेको थियो । व्यक्तिगत श्रम स्वीकृतिमा मासिक ८ हजार हाराहारीमा जाने गरेको अवस्था छ ।

समयमा रोजगारमा जान नपाउँदा उनीहरूले भिसा, स्वास्थ्य परीक्षण, प्रहरी रिपोर्ट लगायतका शीर्षकमा गरेको खर्चको अंक ठुलो छ ।

युएई जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणीकरणमा १४ हजार ७ सय खर्च भएको छ । जसको मान्य अवधि तीन महिनाको मात्र हुने गरेको छ । कामदारको देखिने भन्दा काठमाडौंमा हुने बसाइको खर्च अस्वाभाविक रूपमा बढी हुने गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर