२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

Nada
२०८३ वैशाख १ गते १७:४३
Shares
सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका–३ घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ncell

रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

ताजा खबर

सम्बन्धित खबर