२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १३:२१
पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

नयाँदिल्ली : पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ । 

सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।

विदेश मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्नेछन् भने केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायतका नेताहरूले सम्मेलनलाई  सम्बोधन गर्नेछन्  ।   

सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ । 

मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।  

कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासललगायतमा केन्द्रित रहने छ । 

ADVADV

सम्बन्धित खबर

Advertise