२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बंगलादेशका सेना प्रमुखले आज देशबासीका नाममा सम्बोधन गर्ने

Nada
२०८१ साउन २१ गते १३:५४
Shares
बंगलादेशका सेना प्रमुखले आज देशबासीका नाममा सम्बोधन गर्ने

बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको छ ।

ncell

आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।

सेनाका प्रवक्ता रशेदुल आलमले भने, “जनरल वाकरले दिउँसो २ बजे देशबासीका नाममा सम्बोधन गर्नुहुनेछ ।” 

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन शुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

गत महिना शुरू भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ । 

आइतबार एकै दिनमा धेरै जनाको ज्यान जानेगरी झडपहरू भएपछि बंगलादेशको सुरक्षाकर्मीले सोमबार विहानैदेखि राजधानी ढाकामा गस्ती शुरू गरेको छ ।
 

सम्बन्धित खबर