२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगलादेशमा प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी, राजिनामासँगै हसिनाले छाडिन् देश

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १५:३१
बंगलादेशमा प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी, राजिनामासँगै हसिनाले छाडिन् देश

काठमाडौँ : बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । ढाकामा जारी तनावका बीच उनले राजीनामा दिएकी हुन् । 

प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् तर, सम्भव भएन ।

बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । 

बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।

ADVADV

सम्बन्धित खबर

Advertise