२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हसिनाले गुमाइन् बंगलादेशको सत्ता, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १५:५४
हसिनाले गुमाइन् बंगलादेशको सत्ता, अन्तरिम सरकार बनाउने सेनाको घोषणा

काठमाडौं : बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे सेना प्रमुखले सम्बोधन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । 

सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सोमबार अपराह्न सम्बोधन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ ।  शासनसत्ता हातमा लिएलगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौं । यसले बंगलादेशका लागि काम गर्नेछ । ’

ADVADV

सम्बन्धित खबर

Advertise