२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हतियारसहित भारतीय युवक पक्राउ, लाखौंको अवैध सामान भन्सार बुझाइयो

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख ७ गते २१:०४
Shares
हतियारसहित भारतीय युवक पक्राउ, लाखौंको अवैध सामान भन्सार बुझाइयो

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्ला केही दिनयता आफ्नो सुरक्षा गस्ती र चेकजाँचलाई तीव्र पार्दै ठुलो सफलता हात पारेको छ । सीमा क्षेत्रबाट हुने अवैध हतियार ओसारपसार नियन्त्रण गर्ने क्रममा एक भारतीय बुवक पक्राउ पर्नुका साथै भन्सार छलीका लाखौं मूल्य बराबरका सामान बरामद गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट साना हातहतियार भित्रिन सक्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक जना भारतीय नागरिकलाई अवैध पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

ncell

बजेको समयमा बौधिमाई नगरपालिका वडा नं.७ बंकुलस्थित माँ इँटा उद्योग नजिकै चेकजाँच गर्ने क्रममा भारत बिहार पूर्वी चम्पारण जिल्ला मौवाह ग्रामपञ्चायतका २० वर्षीय सुर्य कुमार दास पक्राउ परेका हुन् । प्रहरीका अनुसार दासले लगाएको पाइन्टभित्र लुकाई भेस्टले छोपेको अवस्थामा १ थान नलकटुवा पेस्तोल र भारतीय सिमकार्ड प्रयोग भइरहेको १ थान ओप्पो मोबाइल फेला परेको छ । पक्राउ परेका दासमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विष्णु प्रदीप बस्यालले जनाए । 

त्यसैगरी प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याइएका लत्ताकपडा र अवैध सवारी साधनहरू नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको छ । सदरमुकाम गौर नगरपालिका–४ बसपार्क चोकमा गरिएको सवारी चेकजाँचका क्रममा लुकिछिपी ल्याइएका करिब  ९५ हजार १ सय १३ रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको थियो । जिल्लाका विभिन्न स्थानबाट कागजात नभएका अवैध १ थान कार र ९ थान मोटरसाइकल  मूल्य  १९ लाख ५० हजार रहेको छ । 

प्रहरीले जम्मा २० लाख ४५ हजार १ सय १३ बराबरको अवैध सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ ।

फेला परेको नगद धनीलाई फिर्ता

प्रहरीले इमानदारिताको परिचय दिँदै बेवारिसे अवस्थामा फेला परेको नगद रकम सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

गौर नगरपालिका–३ वि.पी. चोकस्थित फूल तारा डेरी उद्योगको गेट अगाडि पिकेट डिउटीमा खटिएका प्रहरीले  १९ हजार ७ सय ३२ फेला पारेका थिए । उक्त रकमबारे अनुसन्धान गर्दा राजपुर नगरपालिका–१ घर भई हाल सोही डेरीका सञ्चालक रहेका शेख शमिमको रहेको खुलेपछि प्रहरी कार्यालयमा एक कार्यक्रमकाबीच निज शमिमलाई उक्त रकम जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सीमा सुरक्षा, अवैध व्यापार नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न आफ्नो टोली उच्च सतर्कताका साथ परिचालन गरिएको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर