२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

एयरपोर्टमा ‘चेकिङ डेस्क’ !

Nada
२०८३ वैशाख १० गते ०६:२०
Shares
एयरपोर्टमा ‘चेकिङ डेस्क’ !

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम सहायता कक्ष स्थापना गरेको छ ।

ncell

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि उक्त कक्षले भिसा, टिकट, शुल्क र कानुनी प्रक्रियासम्बन्धी जानकारी दिने बताइएको छ ।

मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डलगायतबाट जनशक्ति परिचालन गरी सञ्चालन गरिएको सहायता कक्षमार्फत शव व्यवस्थापनदेखि वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई तिरेको रकमलगायतका विषयमा जानकारी लिने, सम्झौता अनुसारको काममा गए–नगएको छानबिन गरिने बताइएको छ । एयरपोर्टमा राखिएको डेस्कलाई श्रम सहायता कक्षको नाम दिइएपनि व्यवसायी र श्रमिकहरूले यसलाई ‘चेकिङ डेस्क’को नाम दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर