२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

लागुऔषधसहित ४ जना पक्राउ, ललितपुर प्रहरीले सुरु गर्‍यो अनुसन्धान

Nada
रामहरि कार्की
२०८३ वैशाख १० गते १७:२३
Shares
लागुऔषधसहित ४ जना पक्राउ, ललितपुर प्रहरीले सुरु गर्‍यो अनुसन्धान

ललितपुर : ललितपुर जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बुधबार महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभु बसपार्क तथा गोदावरी नगरपालिका वडा नं. २ पात्लेछाप क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

ncell

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अवैध रूपमा लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग गोदावरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमा महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटार बस्ने २४ वर्षीय पुरुषोत्तम चौलागाईं, सिन्धुली मरिन गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौ सिनामंगल बस्दै आएका २५ वर्षीय अभिषेक थापा, धनुषा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ९ बस्ने २७ वर्षीय सुनिल राई तथा गोदावरी नगरपालिका वडा नं. २ बस्ने ४४ वर्षीय सरोज सिलवाल रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नाइट्राजेपाम ट्याब्लेट (१० मिलिग्राम) का ७५ पत्ता अर्थात् ७५० ट्याब्लेट, ८.५ किलोग्राम गाँजा तथा नगद रु. २ हजार १३५ बरामद गरेको प्रवक्ता मिश्रको भनाइ छ ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर