२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पक्राउ

Nada
रामहरि कार्की
२०८३ वैशाख १० गते १७:२५
Shares
सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पक्राउ

ललितपुर : ललितपुर महानगरपालिका क्षेत्रमा पैदल यात्रामा रहेकी एक महिलामाथि सुनको सिक्री लुटपाट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार भएको उक्त घटनामा संलग्न आरोपीलाई नियन्त्रणमा लिइएको हो ।

ncell

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ललितपुर महानगरपालिका वडा नं. ११ स्थित झम्सिखेल–शंखमूल सडक खण्डमा पैदल यात्रा गरिरहेकी महिलाको घाँटीमा लगाएको लकेटसहितको सुनको सिक्री स्कुटरमा आएका व्यक्तिले लुटेर फरार भएका थिए । घटनाको अनुसन्धानका क्रममा प्रहरीले लुटपाटमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. २० कुहिने बस्ने ३२ वर्षीय रिक्की डंगोल रहेका छन् । प्रहरीले उनको साथबाट लुटपाटमा प्रयोग गरिएको बा ९० प ६२७८ नम्बरको एभिएटर स्कुटर र लकेटसहित करिब २.७ तोला सुनको सिक्री बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका डंगोल यसअघि पनि डाँका, चोरी तथा लागुऔषध सम्बन्धी मुद्दामा संलग्न रहेको खुलेको छ । हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर