२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

Nada
२०८३ वैशाख १० गते १८:२५
Shares
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने मकवानपुर घर भएका ३२ वर्षीय शक्ति लामा, काठमाडौं चन्द्रागिरी बस्ने उदयपुर घर भएका ४९ वर्षीय विष्णु बुढाथोकी र काठमाडौं कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका छन् ।

पक्राउ मध्ये शक्तिले अजरवैजान र फिजी पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २६ लाख ६३ हजार ७ सय १० रूपैयाँ, विष्णुले ब्रुनाई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ र सुस्मिताले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडित १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विष्णुलाई काठमाडौं महानगरपालिका–९ बाट मंगलबार, सुस्मितालाई कीर्तिपुर नगरपालिका–१० बाट र शक्तिलाई काठमाडौं महानगरपालिका–१५ डल्लुबाट बुधबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर