२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

निगमले कतारमा नियमित उडान गर्ने

Nada
२०८३ वैशाख १२ गते ०६:१०
Shares
निगमले कतारमा नियमित उडान गर्ने

काठमाडौं : नेपाल वायुसेवा निगमले वैशाख तेस्रो सातादेखि कतारमा नियमित उडान गर्ने बताएको छ । निगमले एक सूचनामार्फत काठमाडौं–दोहा–काठमाडौं रुटमा सोमबार, बिहीबार र शनिबार गरी सातामा ४ उडान गर्न लागिएको बताएको छ । दोहा उडान नियमित भएको अवस्थामा वैदेशिक रोजगारी आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ ।

ncell

निगमले मध्यपूर्वमा जारी असहज परिस्थिति र असुरक्षाका कारण यी उडान जुनसुकै समयमा रद्द हुन सक्ने पनि बताएको छ । मध्यपूर्वी क्षेत्रमा सुरक्षा अवस्था केही सहज बन्दै गएपछि नेपालबाट फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले आफ्नो नियमित उडान सुरु गरिसकेका छन् । ती एयरलाइन्सले हाल युएईका दुबई, शारजाह र आबुधाबी गन्तव्यमा उडान गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर