२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

एसोसिएसनद्वारा बस्नेतलाई कारबाही

Nada
२०८३ वैशाख १५ गते ०६:४५
Shares
एसोसिएसनद्वारा बस्नेतलाई कारबाही

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संघका महासचिव महेशकुमार बस्नेतलाई निष्कासन गरेको छ । एसोसिएसन अध्यक्ष दीपक थापाले महासचिव बस्नेतलाई एसोसिएसनको विधान २०६३ को दफा ८, ९ र १४ बमोजिम निलम्बन र निष्कासन गरिएको बताएका छन् ।

ncell

महासचिव बस्नेतमाथि एसोसिएसनले वैदेशिक रोजगारका समस्याहरूको समाधानलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा व्यावसायीका समस्यामा राजनीति गर्न खोज्नेहरूको दाउपेचलाई समर्थन गरी अध्यक्षलाई कार्यसमितिको दुईतिहाइ हस्ताक्षर संकलन गरी हटाउन खोज्ने कार्य गरेको छरपस्ट देखिएको भन्दै उक्त कार्यले  एसोसिएसनको गरिमा र प्रतिष्ठामा मात्र आँच पु¥याएको, सिंगो नेपाली कांग्रेस पार्टीमा आस्था राख्ने व्यवसायीहरूको विश्वास र भावनालाई कमजोर बनाएको आरोप लगाएको छ ।

बस्नेतलाई संस्थाको विधानको परिच्छेद २ को दफा ४ विपरीत कार्य गरेको बुझिएको भन्दै एसोसिएसनले वैशाख ९ गतेको बैठकको निर्णयबमोजिम २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर लिखित स्पष्टीकरणको कुनै जवाफ नदिएकाले बस्नेतलाई संस्थाबाट साधारण सदस्यता समेत नरहने गरी निलम्बन÷ निष्कासन गर्ने निर्णय गरिएको एसोसिएसनले बताएको छ । 

एसोसिएसनले कारबाहीको बोधार्थ जानकारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति, बिपी स्मृति भवन सानेपा, ललितपुर र नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरलाई पनि दिएको छ ।
तर महासचिव बस्नेतले भने आफूविरुद्धको कारबाहीको अर्थ नरहेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर