२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हसिनाले बाँकी समय परिवारसँग बिताउने, राजनीतिमा फर्किने सम्भावना न्यून 

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १२:४२
हसिनाले बाँकी समय परिवारसँग बिताउने, राजनीतिमा फर्किने सम्भावना न्यून 

ढाका : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने भएकी छिन् । हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको अन्तरवार्तामा हसिना अब राजनीतिमा नआउने बताएका हुन् । 

सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले देश छाडेकी थिइन् । पछिल्लो घटनाक्रमका कारण आफ्नी आमा निराश बनेको पनि उनले बताए । 

लड्खडाइरहेको राज्यलाई हसिनाले एसियाको उदीयमान अर्थतन्त्र बनाएको तर आफूले दिएको योगदानको यो फल मिलेकोमा उनी निराश बनेको पनि बताइएको छ । बंगलादेशमा हिंसा भड्काउन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइएको हात रहेको आफ्नो आशंका भएको जोयले बताका छन् ।

‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनी आफ्ना नातिनातिनाहरूसँग समय बिताउनेछिन्, राजनीतिमा फर्कने छैनन् ।’ जोयले भनेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise