२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हिरोसिमामा बम आक्रमणको ७९ औँ वर्ष पुरा

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १३:१२
हिरोसिमामा बम आक्रमणको ७९ औँ वर्ष पुरा

काठमाडौँ : जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९ वर्ष पुरा भएको छ।

हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९ वर्ष पुरा भएको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयर काजुमी मात्सुईले बताए ।

मङ्गलवार आयोजित सम्मलेनमा उनले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिए ।

सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकीले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसहरुको ज्यान गएको थियो ।

यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना हो ।

मङ्गलवार आयोजित समारोहमा प्रधानमन्त्री फुमियो किशिदासहित अन्य व्यक्तीहरुले पीडितको सम्झनामा हिरोसिमा स्मारकमा रहेको शिलालेखमा माल्यार्पण गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise