२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगलादेशमा आन्दोलनको प्रभाव : विपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश 

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १३:२८
बंगलादेशमा आन्दोलनको प्रभाव : विपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश 

ढाका : बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि राष्ट्रपति शहाबुद्दिनले विपक्षी दलकी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् ।  बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गर्ने तयारी गरिरहेको छ । 

जिया रिहाई भएपछि मात्रै अन्तरिम सरकार गठन हुने बताइएको छ । जिया विपक्षी बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी)की प्रमुख हुन् ।

सन् १९९१ देखि १९९६ र सन् २००१ देखि २००६ को बिचमा उनी दुई पटक प्रधानमन्त्री थिइन् । सन् २०१८ यता जिया ढाकास्थित केन्द्रीय कारागारमा थुनामा छिन् । जियामाथि अहिले भ्रष्टाचार समेतका ३६ ओटा मुद्दा चलिरहेको छ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise