काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार संघ र प्रदेशको निर्वाचन सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
सिन्धुलीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनमा आबद्ध दलहरु विभिन्न बहाना बनाएर चुनाव टार्ने र सार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।
उपाध्यक्ष पौडेलले सरकारले देशमा बैदेशिक हस्तक्षेप बढाएको र देशलाई संकटमा धकेलेर श्रीलंकाको अवस्थामा पुर्याउन खोजेको बताए ।
उपाध्यक्ष पौडेलले नेपाल र नेपालीको भाग्य निर्माणका लागि समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए ।
आफ्नो नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न एमाले देशब्यापी प्रशिक्षणमा रहेको पनि उनले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies