२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

अध्यक्षको क्षमायाचनामै सकियो संघको विवाद

Nada
२०८३ वैशाख १७ गते ०९:२६
Shares
अध्यक्षको क्षमायाचनामै सकियो संघको विवाद

काठमाडौं : क्षमायाचना, क्षमादान र मन माझामाझपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विवाद एकहप्ता नपुग्दै  समाधान भएको छ । कार्यसमितिका प्रथम उपाध्यक्षसहित ५ पदाधिकारी र ६ जना कार्यसमिति सदस्यहरूले गत सोमबार लिखित राजीनामा गरेपछि देखिएको असमझदारी अन्त्य गर्न संघका  पूर्व अध्यक्षहरूले सक्रियता देखाई दुवै पक्षलाई एकैठाउँमा राखेर छलफल गराएपछि समस्याको समाधान भएको हो । 

ncell

वैदेशिक रोजगार क्षेत्र नै संकटमा रहेको अहिलेको अवस्थामा संघलाई बलियो बनाउन जरुरी रहेको भन्दै पूर्वअध्यक्ष दिल प्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, विमल ढकाल, रोहन गुरूङ, राजेन्द्र भण्डारी सहितले सल्लाहकारद्वय नवराज केसी र धनलाल जैसीलाई पदमुक्त गर्ने अध्यक्ष भुवनसिंह गुरूङको कार्यको आलोचना गरेका थिए । अध्यक्ष गुरूङले विभिन्न कारणले भ्रम र आशंका उत्पन्न भएपछि आफुले सल्लाहकारहरूका सम्बन्धमा कारवाही गरेको तर संघलाई एकतावद्व गराउन आत्मालोचना, क्षमायाचना लगायतका माध्यमबाट त्रुटी कमजोरी सच्चाउन तयार रहेको बताएका थिए । 

संघका सल्लाहकार हटाएपछि वैदेशिक रोजगार क्षेत्रमा तनाव उत्पन्न भएको थियो भने विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौंसम्म पुगेको थियो । बुधबारको पूर्वअध्यक्षहरूसँगको छलफलमा अध्यक्ष गुरूङले संघभित्र आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै सल्लाहकारहरू हटाउने निर्णय फिर्ता लिएर सबैलाई मिलाएर जान समस्या नरहेको बताएका थिए । 

छलफलमा कार्यसमिति र सल्लाहकार यथावत् राख्दै अध्यक्ष गुरूङकै संयोजकत्वमा पूर्वअध्यक्षहरू सहसंयोजक रहेको एउटा स्टेरिङ कमिटी गठन गरेर जाने विषयमा पनि छलफल भई सहमति भएको  बताइएको छ । यस विषयमा अध्यक्ष गुरूङले कुनै निर्णय भने गरिसकेका छैनन् । अध्यक्ष गुरूङले गत सोमबार असन्तुष्ट पक्षले  दिएको राजीनामा भने बुधबार नै अस्वीकृत गरेका छन् ।  राजीनामा अस्वीकृत गर्दै उनले संघको विधानमा भएको व्यवस्था बमोजिम क्षमता अनुसारको जिम्मेवारी लिएर जिम्मेवारीलाई समयमै पुरा गर्न आग्रह गरेको समेत बताए  । 

अध्यक्ष गुरुङको कार्यशैलीमा प्रश्न उठाउँदै सोमबार प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल,महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली, काप्यसमिति सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका थिए  । अध्यक्ष गुरूङले गत मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा त्यसको जवाफ दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर