काठमाडौं : नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार कमिसन र घुसखोरीमा लिप्त बनेको आरोप लगाएका छन् ।
काठमाडौंको जोरपाटीस्थित ड्रिम हाउस इन्टरनेशनलमा एमाले वाग्मती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले मुलुकमा विकास निर्माणका काम सबै ठप्प बनाएर सरकार कमिसनको खेलमा लागेको दाबी गरे । नागरिकको सुरक्षा गर्नेतर्फ सरकार उदासीन रहेको भन्दै उनले जनतालाई दुःख दिनका लागि महँगी बढाएको आरोपसमेत लगाए ।
कुन पार्टीको सरकारले जनताको हितमा काम गरेको छ भन्ने कुरा जनताले सहजै पत्ता लगाउन सक्ने भएकाले आगामी निर्वाचनमा त्यसको छिनाफानो जनताले गर्ने बताए । आगामी संघ र प्रदेशको चुनावमा एमालेको जीतलाई कसैले रोक्न नसक्ने उप–महासचिव ज्ञवालीको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies