२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगलादेशका तीन विद्यार्थी नेता जसले हसिनाको साम्राज्य पतन गराए

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १५:०८
बंगलादेशका तीन विद्यार्थी नेता जसले हसिनाको साम्राज्य पतन गराए

काठमाडौँ : बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि अहिले अन्तरिम सरकार बनाउने बिषय मुख्य प्राथमिकतामा छ । बंगलादेशमा १५ बर्ष लामो हसिनाको सत्ता क्षणभरमै पतन गराउन सफल विद्यार्थी आन्दोलनको चर्चा सर्वत्र छ । 

राजनीतिक, कुटनीतिक रणनीतिमा पोख्त हसिना शेख सामान्य रुपमा शुरु भएको विद्यार्थी आन्दोलनबाट लखेटिनुपरेको छ । उनी अहिले भारतको शरणमा छिन् । 

शेख हसिनाको साम्राज्य अन्त्य गर्न धेरै विद्यार्थीको भूमिका भएपनि तीन विद्यार्थी नेताको भूमिका सशक्त रह्यो । उनीहरुकै नेतृत्वमा हसिना पतन भइन् । 

नाहिद इस्लाम  
नाहिद इस्लाम बंगलादेशमा भएको विद्यार्थी आन्दोलनको सबैभन्दा महत्वपूर्ण अनुहार हुन् । इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन् । उनले प्रहरीलाई जुलाई २० मा पक्राउ गरेको आरोप छ । तर, प्रहरीले यसलाई अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा युनिफर्म लगाएका केही व्यक्तिले इस्लामलाई कारमा बसाउन लगाएका थिए । इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला परेका थिए । बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनले दाबी गरे । २६ जुलाईमा डिटेक्टिभ ब्रान्चले इस्लामलाई उपचारको क्रममा अस्पतालबाट फेरि उठायो । यस पटक, डिटेक्टिव ब्रान्चले सुरक्षाको कारणले इस्लाम र उनका सहयोगीलाई हिरासतमा राख्न आग्रह गरेको थियो । फेरि हिरासतमा पर्नुआ अघि इस्लामले जुलाई २० मा बिहान २ बजे करिब २५ देखि ३० जनाले आफूलाई जानकारी नदिई जबरजस्ती लगेका थिए । पुलिसको कुटाइबाट घाइते इस्लामको अनुहारले प्रदर्शनकारीलाई थप आक्रोशित बनाएको थियो । त्यसपछि उनीहरु झनै हिंसात्मक बने र सडकमा उत्रिए । इस्लामले सरकारले हिंसा जारी राखे संसद कब्जा गर्ने बताएका थिए । 

उनले आइतबार भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ । प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् । अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने या पदमा रहन रक्तपातको सहारा लिने ।

आसिफ महमूद
आसिफ महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी हुन् । उनी जूनमा शुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको हिस्सा बने । महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए । अन्यजस्तै उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा राखिएको थियो । महमूदलाई हिरासतमा राख्नुको पछाडि सुरक्षा कारण पनि बताइयो ।

जुलाई २७ मा डिटेक्टिभ ब्रान्चले थप दुई विद्यार्थी नेतालाई पक्राउ गरेको थियो । उनीहरुको नाम सर्जिस आलम र हसनत अब्दुल्ला थियो । उनीहरुलाई डिटेक्टिभ ब्रान्चको कार्यालयमा राखिएको थियो । जुन २८ गते उनका परिवारका सदस्यले उनलाई भेट्न अनुमति मागेका थिए तर भेट्न दिएनन् । तर यसअघि इस्लाम, महमुद र उनीहरूका सहकर्मीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आन्दोलन फिर्ता लिन आह्वान गरेका थिए । रिपोर्टका अनुसार प्रहरीले जबरजस्ती कुटपिट गरी भिडियो बनाएको थियो । महमूदलाई इन्जेक्सन दिइएको थियो जसका कारण उनी धेरै दिनसम्म बेहोस रहेको बताइएको थियो ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा उत्रिएपछि अगस्त १ मा उनी हिरासतबाट रिहा भएका थिए । अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरे । हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि एकपटक बयान दिएका छन् । उनले देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने बताएका छन् । 

अबुबकर मजुमदार
अबु बकरले शेख हसिनालाई सत्ताबाट हटाउनमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन् । फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्छन् । ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गरेका तिह्ये । उनले ‘स्वतन्त्रता सेनानी’ का आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गरे ।

जुलाई १९ को साँझ धानमण्डी इलाकाबाट केही व्यक्तिले अबुलाई लिएर गएका थिए । त्यसपछि धेरै दिनसम्म उनको कुरा सुनिएन । दुई दिनपछि उनलाई उठाइएका ठाउँकै सडकमा छाडियो । पछि अबुले मिडियालाई प्रहरीले उनलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताए । उनले आन्दोलन फिर्ता लिन अस्वीकार गर्दा प्रहरीले कुटपिट गरेको र घाइते भएपछि नगर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि जुलाई २६ मा प्रहरीले उनलाई फेरि हिरासतमा लिएको थियो ।

बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ । प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मंगलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् ।  

ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका छन् ।  

ADVADV

सम्बन्धित खबर

Advertise