२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

आत्मालोचनासहित सल्लाहकारद्वय केसी र जैसीको पुनर्बहाली

Nada
२०८३ वैशाख १९ गते ०६:३०
Shares
आत्मालोचनासहित सल्लाहकारद्वय केसी र जैसीको पुनर्बहाली

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले सल्लाहकारद्वय नवराज केसी र धनलाल जैसीलाई पुनर्बहाली गरेका छन् ।

ncell

अध्यक्ष गुरुङले वैशाख ७ गते सल्लाहकार केसी र जैसीलाई पदमुक्त गरिएको भन्दै पत्र दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष गुरुङलाई सल्लाहकार हटाउने निर्णयको विवरण पेस गर्न पत्र काटेको थियो ।

पत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सल्लाहकार केसी र जैसीलाई पदमुक्त गराइएको पत्राचार संघको विधानमा प्रष्ट नदेखिएको हुँदा कुन दफा, उपदफा बमोजिम पदमुक्त गरिएको हो ? सो सम्बन्धमा ३ दिनभित्रमा स्पष्ट विवरण पेस गर्न भनेको थियो । 

प्रशासन कार्यालयले उक्त पत्रपछि संघका पूर्वअध्यक्षहरू तथा घटकसंस्थाका अध्यक्षहरूको छलफलमा अध्यक्ष गुरुङले सल्लाहकारहरूलाई पदमुक्त गर्ने निर्णय अपरिपक्व रहेको भन्दै आत्मालोचना गरी सल्लाहकार पदमा पुनर्बहाली गर्न सहमत भएको स्रोतले बताएको छ । 

मध्यान्हसँगको कुराकानीमा अध्यक्ष गुरुङले उक्त छलफलमा भएका सहमति कार्यान्वयन हुने बताए ।

तर सहमतिअनुसार तत्कालै पूर्वअध्यक्षहरू सहसंयोजक रहेको स्टेरिङ कमिटी गठन नगरेर अध्यक्ष गुरुङ सहमतिबाट पछि हट्न खोजेको त होइन भन्ने आशंका बढेको संघका एक जना सल्लाहकारले मध्यान्ह दैनिकलाई बताएका छन् । त्यस्तै छलफलमा भएको सहमतिको भाषा र मर्म विपरीतका भाषा प्रयोग गरेर अध्यक्ष गुरुङले कामकाज सुरु गरेकाले पनि आशंकालाई बल पुर्‍याएको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर