२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगलादेशको संसद विघटन

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १६:०१
बंगलादेशको संसद विघटन

काठमाडौं : बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद विघटन गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संसद भंग भएको घोषणा गरेको हो ।

आन्दोलनमा सहभागी नेताहरूले संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिएका थिए ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन शुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटा भारी कटौती गरेको छ ।

आरक्षणविरूद्धको आन्दोलन चर्किँदै गएपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् । उनी हाल भारतको शरणमा छिन् । त्यहाँबाट बेलायत जाने तयारीमा छिन् । 

ADVADV

सम्बन्धित खबर

Advertise