२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

खाडी मुलुकमा सामाजिक सञ्जालको निगरानी बढ्दो

Nada
२०८३ वैशाख २१ गते ०६:१५
Shares
खाडी मुलुकमा सामाजिक सञ्जालको निगरानी बढ्दो

काठमाडौं : केही खाडी मुलुकले सामाजिक सञ्जाल प्रयोगकर्ता तथा अभियानकर्मीहरूको निगरानी बढाएको अवस्थामा डिजिटल साक्षरता न्यून भएका नेपाली कामदारको सुरक्षा कति ? भन्ने प्रश्न उठेको छ । कुवेत र बहराइनका अधिकारीहरूले नयाँ आदेशहरू जारी गर्दै इरानी कारबाहीको प्रशंसा गर्ने नागरिकको नागरिकता खोस्नेजस्ता कामलाई तीव्रता दिएका छन् ।

ncell

बिबिसी नेपाली सेवाका अनुसार ६९ जना मानिसको नागरिकता खोसेपछि बहराइनको आन्तरिक मामिला मन्त्रालयले इरानी कारबाहीको प्रशंसा गरेका वा तीप्रति सहानुभूति राख्ने बाह्य पक्षसँग सम्पर्क गर्ने व्यक्तिहरूको बहराइनको राष्ट्रियता खोसिएको बताएको  छ ।

सुरक्षा फौजले सामाजिक सञ्जाल प्रयोगकर्ता तथा अभियानकर्मीहरूको निगरानी बढाएको बताएका छन् । कुवेत र बहराइनमा पत्रकार, इन्फ्लुएन्सर, मानवअधिकार अभियानकर्मी तथा सर्वसाधारण पक्राउ परेका छन् ।

हालै कुवेतले राष्ट्रियतासम्बन्धी नयाँ कानुन ल्याएको छ भने बहराइनले शाही आदेश जारी गरेको छ । मानिसहरूलाई रोकेर उनीहरूको मोबाइल फोनमा रहेका सन्देश, तस्बिर तथा भोइस नोटको जाँच गर्न सडकमा सुरक्षा जाँच चौकी स्थापना गरिएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगको अभियोगमा कुवेतले १७ जनालाई ३ वर्षको जेल सजाय सुनाएको छ । त्यसमध्ये एक जनालाई उनको अनुपस्थितिमै १० वर्षको जेल सजाय सुनाएको बताइएको छ । १०९ जनालाई अदालतले सजाय नदिए पनि मोबाइलका पोस्ट मेटाउन आदेश दिइएको थियो ।

विशेषगरी खाडी र दक्षिणपूर्वी एसियाका देशमा कार्यरत आप्रवासी कामदार आधुनिक दासत्व र जबरजस्ती अपराधको चक्रमा पर्ने क्रम बढेको छ । एकातिर तस्करहरूले उनीहरूलाई फसाउन ‘फेक’ अनलाइन जागिर विज्ञापनहरू प्रयोग गरिरहेका छन् भने अर्कोतिर कामदार आफै पर्याप्त ज्ञानको अभावमा प्रतिबन्धित सामग्री प्रचारप्रसारमा सहयोगी बनेर फस्ने संख्या बढेको छ ।

कतिपयलाई हिंसाको धम्की, क्रिप्टो योजनाहरू र अनलाइन जुवा जस्ता घोटालाहरू चलाउन बाध्य पारिऐको छ । ठगी गर्नेहरूले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, टेलिग्राम र टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गरेर डिजिटल पासोमा पारेर आइटी, डिजिटल मार्केटिङ वा ग्राहक सेवामा उच्च तलब दिने जागिरहरूको विज्ञापन गर्ने गरिएको छ ।

पासोमा पारिएका पीडितहरूको राहदानी र फोनहरू जफत गरी सशस्त्र गार्डमा १८ घण्टाको सिफ्टमा काम गर्न बाध्य पार्ने गरिएको गुनासाहरू बढेका छन् । 

पीडितहरूलाई अनलाइनबाट अरूलाई ठगी गर्न बाध्य पारेर डेस्कमा बाँध्ने वा मालिकले दिएको अर्डरको कोटा पूरा नगरेमा यातना दिने गरिएको छ ।

विज्ञहरू बढी समय काम गराउने वा शारीरिक यातना भन्दा डिजिटल दासत्व आप्रवासी कामदारका लागि बढी घातक भएको बताउँछन् ।

कम्बोडिया, म्यानमार, लाओस र फिलिपिन्समा यस्ता प्रवृत्ति पहिलेदेखि नै थिए । युद्ध पक्षधरता, राष्ट्रियता र निन्दा जस्ता पक्ष रोक्न कडा सरकारी निर्देशनले खाडीमा पनि डिजिटल जोखिम बढ्ने र कमजोर हैसियतमा रहने आप्रवासी कामदारहरूले कानुनी प्रतिरक्षा गर्न नसक्ने पनि कतिपयको विश्लेषण छ । उनीहरूले कामदारले आफ्नै मुलुकमा बढ्दो डिजिटल ट्र्यापका बारेमा पर्याप्त अभिमुखीकरण पाउन जरुरी भइसकेको सुझाव दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर