
काठमाडौं : युवा वैदेशिक रोजगार व्यवसायी डा. केदारनाथ अधिकारी नेपाल उद्योग व्यापार महासंघको सचिवमा निर्वाचित भएका छन् । आइतबार नवलपुर गैंडाकोटमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनले खिमनारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा यज्ञ प्रसाद पन्त, वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, एसोसिएट उपाध्यक्षमा दीपेन्द्र विष्ट, बस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी, उद्योग उपाध्यक्षमा दामोदर नेपाल, खुला उपाध्यक्षमा उपेन्द्र चौधरी, रामसुन्दर विके, प्रकाश पाण्डे, जनकराज पराजुली तथा महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएका छन् ।
महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की, उपमहासचिवमा कुमार थापा, सचिवमा अधिकारीसहित चेतबहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार तथा तपेन्द्रप्रसाद जोशी निर्वाचित भएका छन् । महाधिवेशनले सहकोषाध्यक्षमा नेत्रप्रसाद आचार्यसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चमा लामो समयदेखि सक्रिय रहेका व्यवसायी अधिकारी इम्पावर हन्टर एचआार सोलुसन प्रा.लि.का सञ्चालक हुन् । पार्टी निकट उपत्यका विशेष प्रदेश कमिटी सदस्यसमेत रहेका अधिकारी वैदेशिक रोजगार व्यवसायसँगै विभित्र क्षेत्रमा सक्रिय रहेका छन् ।
केही समयअघि वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले डा. अधिकारीलाई उल्लेख्य संख्यामा कामदार वैदेशिक रोजगारमा पठाई रेमिट्यान्स भित्र्याउन योगदान गरेको कदरस्वरूप सम्मान गरेको थियो । इम्पावर हन्टर एचआार सोलुसनले गत वर्ष २ हजार ६ सय ६९ जना कामदार पठाएर धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीको १५औं नम्बरमा रहेको थियो । उक्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ हजार ७ सय ६९ जना कामदार पठाएको थियो ।
नयाँ नेतृत्वले उद्योग तथा व्यापार क्षेत्रका समस्या समाधान गरी निजी क्षेत्रको सशक्तीकरण र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने नवनिर्वाचित सचिव अधिकारीले विश्वास व्यक्त गरेका छन् ।