काठमाडौं : रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जना युवक पक्राउ गरेको छ । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुई दिनअघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका-३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies