–सीता शर्मा ‘शीत’
जुनेली रातको आभा कहरले छोपिएको छ
त्यसैले जूनको पीडा जहर भै पोखिएको छ ।।
तिमी भन्थ्यौ खुशी आँसु बराबर हुन्छ जीवनमा
कहाँ हुन्थ्यो सधैँ कैयौँ समस्या भेटिएको छ ।।
रच्यो कस्तो विधाताले कहानी आज जीवनको
उही मर्का, उही पीडा अचानक बल्झिएको छ ।।
सधैँ हिंसा दुराचारी बढेको झन् खबर सुन्छु
त्यसैले के हुने भन्दै यहाँ मन आत्तिएको छ ।।
सहन्थें मार हातैको, वचनको वाणले हान्यौ
यसैले आज हे प्यारा हृदय झन् भेदिएको छ ।।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies