२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बंगलादेशमा अन्तरिम सरकार गठन

ADV
मध्यान्ह
२०८१ साउन २३ गते १०:१७
बंगलादेशमा अन्तरिम सरकार गठन

काठमाडौँ : नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।  राष्ट्रपति मोहम्मद शहाबुद्दीनले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बंगलादेशी पत्रिका न्यूएजले उल्लेख गरेको छ । 

राष्ट्रपति मोहम्मद शहाबुद्दिनको अध्यक्षतामा राष्ट्रपति भवनमा बसेको बैठकले युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय लिएको हो । उक्त बैठकमा आन्दोलनमा उत्रिएको विद्यार्थी संगठनका नेताहरूका साथै तीन वटै सेनाका प्रमुखहरू सहभागी थिए ।

शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ ।

राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुंगो लाग्ने बताए ।

यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।

मोहम्मद युनुसले भनेका छन्, ‘यति धेरै त्याग गरेका विद्यार्थीले मलाई यो कठिन समयमा नेतृत्व गर्न आग्रह गरिरहेका छन् भने म कसरी अस्वीकार गर्न सक्छु?’ 

ADVADV

सम्बन्धित खबर

Advertise