२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्ने सरकारको नीति, रोजगार प्रवर्धन दशक घोषणा

Nada
२०८३ वैशाख २८ गते १७:४४
Shares
वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्ने सरकारको नीति, रोजगार प्रवर्धन दशक घोषणा

काठमाडौं : सरकारले अगामी दशक (२०८३–८४ देखि २०९३–९४)लाई रोजगार प्रवर्धन दशक घोषणा गरेको छ । 

ncell

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवर्धन दशक घोषणा गरिने बताएका हुन् ।

उनले विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीमा रुपान्तरण गर्न विप्रषण लगानी मिलान कोष स्थापना गरिने बताए । उनले विदेशमा मृत्यु वा अंगभंग भएकाका परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सुदृढ गरिने बताए ।

उनले औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने बताए ।

ताजा खबर

सम्बन्धित खबर