काठमाडौंः शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिने सव–इन्जिनियरविरुद्ध आरोप–पत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा ओखलढुंगाको तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन नं. २, मा कार्यरत सव–इन्जिनियर रामबाबु यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
यादवको शक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनले सुनसरी टेक्निकल कलेज, धरानबाट उत्तीर्ण गरेको भनी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्र, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी लाभ लिएको प्रमाणित भएको आयोगको दाबी छ ।
उनले २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म बहाल रही लाभ र सुविधा लिएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies