२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

लोकतान्त्रिक एसोसिएसनको निर्वाचन ५ असारमा

Nada
२०८३ वैशाख २९ गते ०६:१५
Shares
लोकतान्त्रिक एसोसिएसनको निर्वाचन ५ असारमा

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्वाचनसहतिको १३औं महाधिवेशन तथा साधारणसभा आगामी असार ५ गते हुने भएको छ । एसोसिएसनले एक सूचना जारी गर्दै १३औं महाधिवेशन तथा निर्वाचनका लागि मचिन्द्र शेर्मा संयोजक रहेको निर्वाचन समिति गठन गरिएको जानकारी दिएको छ ।

ncell

साधारणसभाले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै कार्यसमितिको तर्फबाट प्रस्तुत गर्ने प्रगति विवरण र एसोसिएसनद्वारा भएका कार्यहरू उल्लेख गरिएको प्रतिवेदन, पछिल्ला दुई आर्थिक वर्षको आयव्ययको विवरणसहितको वासताल पारित गरी आगामी आर्थिक वर्षको आयव्ययको लेखा परीक्षक नियुक्त गरी निजलाई दिने पारिश्रमिक तोक्ने छ ।

एसोसिएसनले संस्थामा आबद्ध वैदेशिक रोजगार व्यवसायी सदस्य संस्थाहरूले बाँकी रहेको मासिक शुल्क अर्थात् लेबी भुक्तान गरी आ–आफनो कम्पनीको लेटरहेडमा लिखित निवेदन, सेयर लगत प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नागरिकता वा राहदानीको प्रतिलिपि, अटो साइजको २ प्रति फोटोसहित सदस्यता नवीकरण गरी आफ्नो संस्थाबाट महाधिवेशनमा सहभागिताका लागि प्रतिनिधि दर्ता गराउन आग्रह गरेको छ ।

एसोसिएसन अध्यक्ष दीपक थापाले साधारणसभा तथा महाधिवेशनको स्थान र समय तय भइनसकेको बताए ।

एसोसिएसनमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र १० सदस्य गरी कार्यसमितिमा १९ जनाको निर्वाचन हुनेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

एसोसिएसनको १२औं वार्षिक साधारणसभामा ३ सय ६८ मतदाता रहेकामध्ये ३ सय १८ व्यवसायीले भाग लिएका थिए । अघिल्लो निर्वाचनमा अध्यक्षका लागि दीपक थापा, तारानाथ अर्याल र चिरञ्जीवि बस्याल चुनावी मैदानमा उत्रिएका थिए ।

यसपटक वरिष्ठ उपाध्यक्ष रामप्रसाद गैरे, उपाध्यक्ष विनोदजंग केसी, महासचिवमा हालका कार्यवाहक महासचिव तुलसीराम पुरीलगायतले आकांक्षा सार्वजनिक गरेका छन् ।

अध्यक्ष थापाले निर्वाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरी बिदा हुने तयारीमा रहेको बताए । साधारणसभाको समय एक महिनाभन्दा धेरै रहेकाले कतिपयले उम्मेदवार बन्नेबारे गृहकार्य गरिनसकेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर