२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन, ७ सदस्यीय प्रबन्ध समिति गठन

Nada
२०८३ वैशाख २९ गते ०८:४९
Shares
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन, ७ सदस्यीय प्रबन्ध समिति गठन

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन गरिएको छ। संघ कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले पदबाट राजीनामा गरेपछि गएराति संघको विधान अनुसार कार्यसमिति विघटन भएको हो ।

ncell

संघको विधानको दफा २६. (४) मा रहेको राजीनामासम्बन्धी व्यवस्था अनुसार भुवनसिंह गुरुङको कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका कारणले कार्यसमिति स्वतः विघटन भएको हो ।

विधानमा कार्यसमिति विघटन भएपछि सोही दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्य प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिन भित्र विशेष साधारण सभा बोलाई सोही दिन निर्वाचन सम्पन्न गराउने व्यवस्था छ । सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा प्रबन्ध समिति गठन गरिएको छ।

प्रबन्ध समितिमा पूर्वअध्यक्ष विमल ढकालका साथै जनक रावल, धनलाल जैसी, मधुकर रिजाल, विनोदजंग केसी र सोमबहादुर लो तामाङ रहेका छन् । समितिले २१ दिनभित्रै विशेष साधारणसभा गरि नयाँ नेतृत्व चयन गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर