२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

गुरुङद्वारा अध्यक्षको जिम्मेवारी नछाड्ने दाबी

Nada
२०८३ वैशाख २९ गते १०:११
Shares
गुरुङद्वारा अध्यक्षको जिम्मेवारी नछाड्ने दाबी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरूङले जिल्ला प्रशासन कार्यालय र न्यायिक निकायको आदेश विना आफुले अध्यक्षको जिम्मेवारी नछाड्ने बताएका छन् ।

ncell

संघ कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले पदबाट राजीनामा गरेपछि गएराति संघको विधान अनुसार कार्यसमिति विघटन भएको सन्दर्भमा आज बिहान मध्यान्हसंग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै उक्त कुरा बताएका हुन् ।

निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गठन गरेको समिति विधान विपरीतको रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र न्यायिक निकायकाे आदेश विना आफूले अध्यक्षकाे जिम्मेवारी नछाड्ने बताए ।

सिण्डिकेट खडा गर्न महासचिव र कोषाध्यक्षले ३२ लाखको चेक काटेर संघको रकम हिनामिना गरेको आरोप लगाउँदै उनले त्यसैलाई ढाकछोप गर्न व्यवसाय संकटमा परेको संवेदनशीलता समेत नबुझी काम गरेको टिप्पणी गरे ।

उनले गठन गरिएको समितिलाई प्रशासनले साथ नदिने दाबीसमेत गर्दै आफूले छिट्टै पत्रकार सम्मेलन गरेर सिण्डिकेटका लागि भएको गतिविधि र व्यक्तिहरूबारे सार्वजनिक गर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर