२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

अध्यक्ष गुरुङमाथि आर्थिक अनियमितता र चेक विवाद, सदस्य ढकालसँग चेक फिर्ताको माग

Nada
२०८३ वैशाख ३० गते ०७:५५
Shares
अध्यक्ष गुरुङमाथि आर्थिक अनियमितता र चेक विवाद, सदस्य ढकालसँग चेक फिर्ताको माग

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र आर्थिक कारोबारलाई लिएर सार्वजनिक विवाद थप चर्किएको छ। संघका अध्यक्ष भुवनसिंह गुरुङमाथि संघको रकम अपारदर्शी रूपमा प्रयोग गरेको, कर्मचारीहरूको तलब भुक्तानी रोकिएको तथा व्यक्तिगत प्रयोजनका लागि लाखौं रुपैयाँ सापट लिएर फिर्ता नगरेको आरोप निवर्तमान महासचिव र कोषाध्यक्ष पक्षले लगाएका छन्।

ncell

उक्त पक्षका अनुसार, संघका कर्मचारीलाई चार महिनादेखि तलब दिन नसकिएको अवस्थामा समेत अध्यक्ष गुरुङले बिना ब्याज “सापट” भन्दै लाखौं रुपैयाँ लगेको र सो रकम हालसम्म फिर्ता नभएको दाबी गरिएको छ।

विवादको केन्द्रमा रहेको ३२ लाख रुपैयाँको चेक अध्यक्ष गुरुङका निकट मानिएका कार्यसमिति सदस्य कृष्ण ढकालको कन्स्ट्रक्शन कम्पनीको नाममा जारी गरिएको भेटिएको छ। उक्त चेक जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको गौशाला प्रहरी वृत्त पुनर्निर्माण कार्यका लागि “ग्यारेन्टी” स्वरूप दिइएको बताइएको छ तर संघका अध्यक्ष भने यसलाई सिण्डिकेटको संज्ञा दिदै दोश महासचिव र कोषाध्यक्षको टाउकोमा हाल्ने प्रयासमा छन् ।

संघको खातामा तत्काल पर्याप्त रकम नभएको अवस्थामा ग्यारेन्टी स्वरूप मात्र चेक जारी गरिएको र सम्बन्धित कामको अन्तिम प्रतिवेदन नआएसम्म चेक सटही गर्न नमिल्ने अवस्था रहेको निवर्तमान महासचिव र कोषाध्यक्ष पक्षको भनाइ छ।

साथै, कुनै औपचारिक टेन्डर प्रक्रिया बिना अध्यक्षको ठाडो निर्देशनमा उक्त कार्य अघि बढाइएको समेत आरोप लगाइएको छ। यसरी नै वैदेशिक रोजगार विभागमा समेत उनै कृष्ण ढकालको कम्पनीले काम गरीरहेको र पटक पटक गरी करिब ३० लाख रकम ढकालले संघबाट लगिसकेको पनि रेकर्डमा देखिन्छ ।

त्यस्तै, अध्यक्षले कार्यालय सचिवमार्फत लगिएको रकम तथा कोषाध्यक्षमार्फत “सापट” भन्दै लगिएको रकम पनि महिनौं बितिसक्दा समेत फिर्ता नभएको र यसले कर्मचारी तलब, स्टेशनरी तथा कार्यालय सञ्चालनमा समस्या आएको गुनासो गरिएको छ।

निवर्तमान महासचिव र कोषाध्यक्ष पक्षले यी घटनाले नेतृत्वको पारदर्शिता र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। उनीहरूले अध्यक्ष गुरुङलाई यथाशीघ्र संघको रकम फिर्ता गर्न तथा ढकाललाई जारी गरिएको चेक फिर्ता गर्न आग्रह गरेका छन्। अन्यथा सम्पुर्ण कुराहरु सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण विवरणसहित उजुरी दिने तथा कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएका छन्।

यता गुरूङ पक्षले चेक महासचिव महेशकुमार बस्नेत र कोषाध्यक्ष धनु सिंजालीले सामूहिक राजीनामा दिने दिन काटेको र उक्त चेक काट्ने विषयमा संघको कार्यसमितिमा कुनै निर्णय र माइन्युट नभएको भन्दै त्यसको जिम्मेवारी चेक काट्ने र चेकमा हस्ताक्षर गर्ने व्यक्तिहरू नै हुने बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर