२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

मलेसियाको बेस्टिनेटको प्रणाली आइएलओद्वारा अस्वीकार

Nada
२०८३ वैशाख ३१ गते ०६:२०
Shares
मलेसियाको बेस्टिनेटको प्रणाली आइएलओद्वारा अस्वीकार

काठमाडौं : अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले मलेसियामा विदेशी कामदार व्यवस्थापनका लागि प्रयोग गरिएको बेस्टिनेटको प्रणालीलाई मान्यता दिन अस्वीकार गरेको छ ।

ncell

आइएलओले २०१३ मा बेस्टिनेटको विदेशी कामदार सेन्ट्रल म्यानेजमेन्ट सिस्टमलाई समर्थन गरेको भएपनि पछिल्लोपटक यसलाई समर्थन नभएको बताएको छ ।

गत महिना बेस्टिनेट एसडिएन बिएचडीका वकिलहरूले सेन्ट्रल म्यानेजमेन्ट सिस्टमलाई विकास र सञ्चालन गर्ने प्रणालीको विश्वव्यापी मान्यताको रूपमा वर्णन गर्दै सन् २०१७ मा संयुक्त राष्ट्र विश्व शिखर सम्मेलन पुरस्कार प्राप्त गरेको बताएका थिए ।

आइएलओले सेन्ट्रल म्यानेजमेन्ट सिस्टमलाई सन् २०१७ मा प्रदान गरिएको पुरस्कार विश्वव्यापी अन्तरसरकारी संस्थाद्वारा दिइएको नभई गैरनाफामुखी इन्टरनेसनल सेन्टर फर न्यू मिडियाद्वारा मात्रै दिइएको बताएको छ । 

आइएलओले सूचना समाजसम्बन्धी संयुक्त राष्ट्रसंघको विश्व शिखर सम्मेलनमा उक्त मान्यता दिइएको भए पनि संयुक्त राष्ट्रसंघद्वारा जारी नगरिएको जिकिर गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर