
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवनसिंह गुरुङलाई पितृशोक परेको छ ।
गुरूङका पिता नायव सुवेदार चित्रबहादुर गुरुङको जेठ ५ गते मंगलबार १०२ वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार लामो समय भारतीय सैनिकमा सेवा गरेका स्व. गुरुङलाई कुनै पनि दीर्घ रोग नभएपनि अचानक बिरामी परेपछि पोखरास्थित फिसटेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर भर्ना गरिएको दुई दिनमै उनको निधन भएको हो ।
स्वर्गीय गुरुङको बुधबार पोखरामा धार्मिक विधिअनुसार अन्त्यष्टि गरिएको छ। स्व. गुरुङका १ छोरी र ३ छोरा रहेका छन् ।