२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सरमलाग्दो तलब

ADV
२०८१ साउन २४ गते ०६:५०
सरमलाग्दो तलब

काभा भलिबलको उपाधि प्रतिस्पर्धामा नेपाल घरेलु मैदानमै भारतसँग पराजित हुन पुग्यो । पाँच सेटसम्मै पुगेको खेलमा भारतले ३–२ को नतिजा निकाल्दै उपाधि कब्जा गरेको हो । लिग चरणको खेल र सेमिफाइनलमा पनि राम्रो नतिजा निकालेकाले उपाधि पनि जित्ने नेपालको विश्वास थियो । अझ लिग चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेकाले उपाधि जित्ने विश्वास बढेको थियो । हुनपनि भारतलाई पहिलोपटक नेपालले हराएको थियो । त्यसैले बुधबार (२३ साउनमा) दशरथ रंगशालामा भएको फाइनल खेल लाखौंले (प्रत्यक्ष प्रशासन सहित) हेरेका थिए । एक हजार बढी दर्शकले खेल मैदानमै पुगेर हेरे । त्यो भन्दा बढी क्षमता नभएकाले बाँकी दर्शकले प्रत्यक्ष प्रशासनबाट हेरेका थिए । संभवतः असाध्यै धेरै दर्शक पाएका खेलहरु मध्ये बुधबारको फाइनल खेल एक थियो ।

तर नेपालले उपाधि गुमाएकाले दर्शकहरु निराश बने । खेलाडीहरुले पनि भारतलाई हराएर उपाधि जित्ने अवसर गुमाए । काभा भलिबलको उपाधि जिति सकेको नेपालले भारतलाई हराएर भने अहिलेसम्म कुनैपनि उपाधि जित्न सकेको छैन । अरु खेलमा जस्तै महिला भलिबलमा पनि भारत नेपालको तगारो बन्ने गरेको छ । बुधबार सम्पन्न खेलमा पनि फाइनल जितेर भारतले उपाधि जितेपछि नेपाली खेलाडीहरुको कमजोरीप्रति समीक्षा भइरहेको छ । खेलाडीहरुले गरेको कमजोरीबारे मिडिया, सामाजिक सञ्जालदेखि साना बैठकहरुमा समीक्षा भइरहेको छ । पक्कैपनि खेल हार्दा कमजोरी नै कारण हुन्छन् । जित्नेले विपक्षी खेलाडीको कमजोरीको लाभ उठाएरै जित्ने हो । यो स्वभाविक प्रक्रिया हो ।

तर नेपालले यस्तो प्राविधिक विषयमा अल्झेर मात्र भलिबलमा सुधार हुनेछैन । किनकि नेपाली भलिबलको प्रमुख आधारमै कमजोरी छ । नेपाली भलिबल खेलाडीले पाउने पारिश्रमिक भन्दा पनि लजाउनुपर्ने अवस्था छ । गत वर्ष मात्र सरकारले पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक पाँच हजार रुपैयाँ तलब दिने निर्णय भएको थियो । यो निर्णय आफैमा ऐतिहासिक थियो । तर पाँच हजार मासिक तलबले के हुन्छ ? जवाफ संभवतः स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र खेलकुद मन्त्री तेजुलाल चौधरीसँग हुनेछैन । तर तथ्य यही हो । अर्थात् मासिक पाँच हजार तलब पाउने खेलाडीबाट भारतलाई हराएर उपाधि जित्ने अपेक्षा नेपालीहरुले गरिरहनु परेको छ । भलिबलको भौतिक पूर्वाधार र नियमित प्रतियोगिता त अझ टाढाको विषय भयो । घाइते भए उपचार र खेल जीवनको भविष्य असुरक्षित छ । त्यसैले हारमा निराश हुनेहरुले यसबारे आवाज उठाउन आवश्यक छ । खेलबारे सामाजिक सञ्जालमा लेख्ने प्रधानमन्त्रीले भलिबल खेलाडीले पाउने पारिश्रमिकबारे बुझ्न जरुरी छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise