२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

‎देशभर बढ्यो गर्मी, तराईमा ‘लु’को जोखिम

Nada
सपना बोहरा
२०८३ जेठ १० गते ०६:२०
Shares
‎देशभर बढ्यो गर्मी, तराईमा ‘लु’को जोखिम

‎काठमाडौं : देशभर गर्मी बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ  । देशका विभिन्न स्थानमा वर्षा भइरहे पनि तापक्रम बढ्दो क्रममा छ । तराईमा गर्मीसँगै तातो लहर बढेको छ भने पहाडी जिल्लाहरूमा पनि तापक्रम बढ्दै गइरहेको मौसम विभागले जनाएको छ । 

ncell

पछिल्ला वर्षहरूमा नेपालमा अत्यधिक गर्मी बढ्दै गएको अनुभव सर्वसाधारणले गरिरहेका छन् । तराईदेखि पहाडसम्म तापक्रम वृद्धि, लामो खडेरी, अनियमित वर्षा तथा तातो हावाको लहरले दैनिक जनजीवन प्रभावित बनाउन थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार इन्धनको अत्यधिक प्रयोग, वन विनाश, अनियन्त्रित शहरीकरण र हरितगृह ग्यास उत्सर्जन बढ्नु तापक्रम वृद्धिका मुख्य कारण हुन् । बढ्दो तापक्रम मौसमको परिवर्तन नभई मानव जीवन, खाद्य सुरक्षा र अर्थतन्त्रसँग जोडिएको प्रवक्ता महत बताउँछिन् ।

मौसमविद् विभूति पोखरेलका अनुसार हाल नेपालमा पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्रको नजिक अवस्थित छ ।  उनी भन्छिन्, ‘अब बिस्तारै देशको मध्य भागमा वर्षा रोकिने र अत्यधिक गर्मी बढ्ने सम्भावना छ ।’ विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागहरूमा ‘तातो दिन’ को अवस्था सिर्जना भइसकेको उनले बताइन । ‎यस वर्ष देशका धेरै स्थानहरूमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको उनले बताइन् ।

‎जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध समेत गरेको छ। विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण  गरेर आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम  बढ्नेछ  । ‘३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएको छ,’ नले भने । त्यसका लागि तयारी रहन बुलेटिन मार्फत अनुरोध गरेका छौ ।झ

‎सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा चार दिन पहिलेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको उनले बताए ।

‎‎गर्मीबाट कसरी बच्ने ?

‎स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले गर्मीबाट बच्न पर्याप्त पानी पिउन सुझाव दिन्छन् । उनी भन्छन् ,झचर्को घाममा लामो समय नबस्न, हल्का तथा सुती कपडा लगाउन, झोलिलो खानेकुरा सेवन गर्न र बाहिर निस्कँदा छाता वा टोपी प्रयोग गर्नुपर्छ । अत्यधिक गर्मी महसुस भएमा स्वास्थ्य संस्थाको परामर्श लिन उनले आग्रह गरेका छन् ।’बढ्दो गर्मी कारण अत्यधिक पसिना आउने, शरीरमा पानीको कमी हुने, टाउको दुख्ने, थकान बढ्ने, रक्तचाप असन्तुलन हुने तथा लू लाग्ने जोखिम रहन्छ’, उनले  भने विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा बाहिरी क्षेत्रमा श्रम गर्ने व्यक्तिहरू बढी जोखिम छ ।झतातो हावा तथा तातो लहरले  थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आउने समस्या देखिने उनले बताए।

‎‎सतर्कता अपनाउनुपर्ने जिल्लाहरू

‎विभागका अनुसार तातो लुगाबाट प्रभावित जिल्ला अरुसमेत सार्वजनिक गरेको छ  । जस अनुसार,कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अद्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।

सम्बन्धित खबर