२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

​रौतहटको चन्द्रपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ जेठ १३ गते २२:१८
Shares
​रौतहटको चन्द्रपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट : जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित लच्का नजिक बुधबार भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत पर्ने उक्त स्थानमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

ncell

​जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको विवरण अनुसार बुधबार सिरहाको लाहानबाट चितवनको नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

​ठक्करबाट मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ नयाँबस्ती टोलका २६ वर्षीय शेख गुलाम गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल पुर्‍याइएको भए तापनि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

​प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । रौतहट प्रहरी प्रमुख सीताराम रिजालका अनुसार दुर्घटनालगत्तै बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–३ घर भएका ५९ वर्षीय लक्ष्मी भक्त ओझा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी रिजालले बताए ।

​हाल मृतक गुलामको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालको शवगृहमा राखिएको छ । मृतकका परिवार र आफन्तजनले दोषी चालकलाई कडा कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन् ।

सम्बन्धित खबर